डि.आई.जी नै जँड्या भएपछी ..........



बाग्लुंग ।

मदिरा सेवन गरी अभद्र क्रियाकलाप गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङले राष्ट्रिय सतर्कता केन्द्रका डि.आई.जी रोशननाथ पन्त मापसे चेकजाँचमा परेपछि भ्रष्टाचार बिरुद्ध अभियान कार्यक्रम स्थगित भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले शुक्रवार जिल्लाका सरोकारवाला बीच राष्ट्रिय सतर्कता केन्द्रले आयोजना गरेको भ्रष्टाचार बिरुद्धको साझा अभियान कार्यक्रम डि.आई.जी. मापसे चेकजाँचमा परी विवादमा परेको कारण कार्यक्रम स्थगित भएको आयोजकले जनाएको छ ।

जिल्लामा भ्रष्टाचार न्यूनिकरण गर्न के कसरी सकिन्छ भन्ने कार्यक्रम लिएर हिंडेका राष्ट्रिय सतर्कता केन्द्रका डि.आई.जी. रोशननाथ पन्त म्याग्दी जिल्लामा मदिरा सेवन गरी बबाल गर्दै बागलुङ आईपुगेका पन्तलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरी धवलागिरी अञ्चल अस्पतालमा मापसे चेकजाँच गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका डि.आई.जी. पन्तलाई कारवाही गर्न गृह मन्त्रालयको आदेश भएको कारण उनलाई पक्राउ गरी मापसे चेकजाँच गरेको थियो ।

सुक्रबारसम्म बागलुङ सदरमुकाममा आयोजना गरेको सतर्कता केन्द्रको कार्यक्रम गर्दा डि.आई.जी. पन्तको मदिरा सेवन गरी उनले देखाएको हरकत बारे प्रश्न उठ्ने भएको कारणले पनि रातारात कार्यक्रम स्थगित गरेको सरोकारवालाले बताए । डि.आई.जी. पक्राउ परेको मापसे चेकजाँचमा परेको र कार्यक्रम स्थगित भएको बारे आफुले केही नबोल्ने प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले बताए ।

बागलुङ जिल्लामा प्रहरीले चेकजाँच गरी कारवाही गरेको मध्य डि.आई.जी. पन्त माथिको मापसे चेकजाँचमै अहिले सम्मकै ठुलाबडा व्यक्ति हुन् ।

 http://setoparewa.com/2014/11/14/13299#sthash.0fHILNP8.dpuf

,

news and entertainment