६७ वर्षका मन्त्रीले ल्याए २९ वर्षकी तेश्री श्रीमती

bangladesh rail minister wedding

एजेन्सी । बंगलादेशका रेलमन्त्री मुजिबुल हकले आफू भन्दा ३८ वर्ष कान्छी युवतीसँग विवाह गरेका छन् । ६७ वर्षीय रेल मन्त्री मुजिबुलले कोमिलाको चांदिना उपजिल्लामा आयोजित एक समारोहमा २९ वर्षीय होनुफा अख्तर रिक्तासँग विवाह गरेका हुन् । बंगलादेशका मात्र नभएर विश्वभरीका सञ्चार माध्यमले उनको विवाहबारे हेडलाइन बनाएका छन् ।

 बंगलादेशको बांग्ला दैनिकका अनुसार मोहम्मद मोजिबुल हकले गत शुक्रवार निकाहको कागजातमा दस्तखत गरेका   थिए । उनले विवाहका लागि ५ लाख लाख टका मेहर दिएका थिए । विवाह पछि मन्त्री मुजिबुललाई ससुरालीमा ७०० पाहुनाले स्वागत गरेका थिए । इस्लामिक समुदायमा बहुविवाह सामान्य विषय मानिन्छ ।


nepaliheadlines.com

, ,

news and entertainment