आज पनि सुनको भाउ ओरालो लाग्ने क्रम जारी

काठमाडौं, मंसीर १५– साताको पहिलो दिन आइतबार पाँच सय रुपैयाँ घटेर प्रति तोला ५० हजार तीन सयमा कारोबार भएको सुन सोमबार पनि ओरालो लागेको छ । नेपाल सुन–चाँदी व्यवसायीका अनुसार सोमबार सुन प्रति तोला ४९ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ ।




 यो आइतबारको तुलनामा पाँच सय रुपैयाँ कम हो । गत साता सुनको मूल्यमा सामान्य उतार–चढाव भइरहेको थियो । अन्तराष्ट्रिय बजारमा ओरालो लागिरहेको सुनको मूल्य नेपालमा पनि सुनको मूल्य थप घट्ने अनुमान गरिएको छ । सोमबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । प्रति तोला ६ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ६ सय ८५ कायम रहेको थियो । आइतबारको तुलनामा यो २० रुपैयाँको कमी हो ।

,

news and entertainment