विज्ञान र गणितका शिक्षक पाउनै महाभारत
२०७१ माघ
११ माघ, डोटी । कानाचौर गाविस-५ धौलाबस्तीमा रहेको कानाचौर माध्यमिक विद्यालयले माध्यमिक तहको गणित र विज्ञान विषयको शिक्षकका लागि २५ मंसिरमा पहिलोपटक १५ दिने सूचना प्रकाशन गर्यो । समयसीमामा कुनै पनि दरखास्त नआएपछि थप सात दिनका लागि विज्ञापन गरियो । फेरि पनि कसैको दरखास्त आएन । यसपटक सो विद्यालयले फेरि १५ दिनको सूचना जारी गरेको छ ।
शैक्षिकसत्र सकिन अब केही महिना मात्र बाँकी छ । तर, जिल्लाका धेरै विद्यालयमा अझै गणित र विज्ञानका शिक्षक छैनन् । यस्तो अवस्थाले एसएलसी दिने विद्यार्थी सबैभन्दा धेरै समस्यामा परेको नयाँ पत्रिकामा खबर छ ।
