चौधरीको सम्पत्ति १ अर्ब २० करोड डलर पुग्यो, विश्वकै धनी बिल गेट्स एक नं. मै कायम
22काठमाडौं । अमेरिकी अर्बपति बिल गेट्स फेरि पनि विश्वकै धनाढ्यको सूचीमा एक नं. मै परेका छन् । चिनियाँ रिसर्च संस्था हुरुनले बनाएको रिपोर्टअनुसार बिल गेट्सको कुल सम्पत्ति ८५ अर्ब अमेरिकी डलर रहेकामे छ । उनको सम्पत्ति १ वर्षमा २५ प्रतिशत अर्थात १७ अर्बले बढेको हो । त्यस्तै मेक्सिकोका उद्यमी कार्लोस स्लिम हेलु दोस्रो धनाढ्यमा उक्लिएका छन् भने तेस्रो नं.मा वारेन वफेट धकेलिएका छन् ।
त्यस्तै चिनियाँ अर्बपति लि हेइजुन धनीको सूचीमा एक नं.मै रहेका छन् । उनीसँग कुल २६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ ।
