पाकिस्तानकी सुन्दरी नेतृसँग जोडियो मोदीको नाम
एजेन्सी ।
भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति बराक ओबामा आएको समयमा लगाएको कोटले धेरै नै चर्चा कमायो । उनले आफ्नै नाम खोपिएको कोट लगाएपछि यस्तो चर्चा भएको हो । तर अव आएर यही कोटको कहानी भारतमा मात्र सीमित नभएर पाकिस्तान पुगेको छ ।
उनको तुलना पाकिस्तानकी बहुचर्चित सुन्दरी नेतृ एवं पूर्व विदेशमन्त्री हिना रब्बानी खारसँग हुन थालेको छ । विपक्षी कांग्रेसका नेता अखिलेश प्रताप सिंहले मोदीको तुलना पाकिस्तानी नेतृ हिना रब्बानी खारसँग गरेका छन् ।
पाकिस्तानीहरुले हिनाको परिधानको विषयमा खुव चर्चा गरेको र अहिले मोदीले अहिले त्यसलाई पनि माथ गरेको अखिलेषको टिप्पणी छ । मोदीले अव आफ्नो कारमा 'प्रधानमन्त्री भारत सरकार' लेख्ने भन्दै उनले ब्यङ्ग समेत गरेका छन् ।
ओबामा आउँदा उनले लगाएको कोटमा मोदीले आफ्नै नाम खोपेको भन्दै मिडियामा निक्कै चर्चा भएको थियो । यो कोटको मूल्य १० लाख रुपयाँ भएको समेत बताइएको थियो ।
यस्तो कोटमा नाम लेख्ने मोदी पहिलो नेता भने होइनन् । इजिप्टका पूर्व तानशाह होस्नी मुबारकले पनि आफ्नो नाम खोपिएको कोट लगाउँथे ।