युवराजको मूल्य २५ करोड ६० लाख

फागुन, एजेन्सी ।


भारतीय क्रकेटर युवराज सिंहलाई आगामी इण्डियन प्रिमियर लिग (आइपिएल)का लागि डिल्ली डेर डेभिल्सले निक्कै महंगो मूल्यमा किनेको छ । सोमबार भएको लिलामीका क्रममा युवराजलाई डिल्लीले १८ करोड भारु अर्थात २५ करोड ६० लाख रुपैयाँमा किनेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


भारतका चर्चित अलराउण्डर भएपनि यस पटक विश्वकप टोलीमा नपरेका युवराज आइपिएलका लागि भने महंगोमा विकेका हुन् । उनी यस अघि बिराट कोहलीकको टिम रोयल च्यालेन्जर्स बंगलोर आरसीबीबाट खेल्दै आएका थिए ।

विश्वकै महंगो क्रिकेट प्रतियोगिता मानिने आइपिएल आगामी एप्रिल देखि मे महिना सम्म भारतमा सञ्चालन हुँदैछ ।




news and entertainment