आफ्नै खुट्टामा उभिएर श्रीको सपना पुरा गर्ने प्रयास गर्दैछु -श्वेता खड्का

नेपाली चलचित्रका कुशल अभिनेताका रुपमा चिनिने श्रीकृष्ण श्रेष्ठको निधन भएपछी उनकी पत्नी अभिनेत्री श्वेता खड्का त्यति खुल्न सकेकी छैनन् |उनले आफ्नो प्रसंशकसंग दोहोरो कुराकानी गरेको पनि कुनै जानकारी छैन |दुखद घडीमा आफुलाई सम्झने र सहानुभूति दिने सबैलाई उनले सामाजिक संजाल बाट नै धन्यवाद दिने गरेकी छन |


पछिल्लो समयमा उनले आफ्नो जन्मदिनको सुभकामना दिनुहुने सबैलाइ फेसबुकबाट नै धन्यवाद दिएकी छन |आफुलाई माया व्यक्त हुने प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ,उनले भनेकी छन -तपाईहरुको माया र आशिर्वादले नै आफ्नै खुट्टामा उभिने प्रयास गर्दैछु |बिवाह गरेको महिना दिनमै उनीहरुको बैबाहिक यात्रा रोकिएको थियो |श्रीको निधन पछि उनि पिडामै डुबेकी थिईन |

चलचित्र कोहिनुर रिलिज भएको केहि दिनमै श्रीको निधन भएपछी उनि चलचित्रको लागि कतै पनि गएकी थिईनन पछिल्लो समय अस्ट्रेलिया पुगेर आफ्ना सुभचिन्तक संग दुख बढ्ने काम गरेकी थिईन |अहिले साथी भाइ र आफन्त संग केहि खुलेर बोल्न थालेकी उनि आफुले श्रीको नाममा जीवन बिताउने बताउदै आएकी छन |

जीवनमा कहिले नमेटिने एउटा तितो अनुभव बोकेकी उनले आफ्नो जीवनको हिरोको अभाब महशुश गर्दै आफ्ना सुभचिन्तकसंग आफ्नै खुट्टामा उभिएर श्रीको सपना पुरा गर्ने अठोट गरेकी छन |‘तपाईहरुको सहयोगकै कारण आज म आफ्नो खुट्टामा उभिने प्रयाश गरदैछु उनले भनिन -यो दुखद घडीमा मलाई हौशला दिनुहुने सबलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु |

news and entertainment