उखुबारीमा युवतीलाई सामुहिक बलातकार गर्ने ६ जना माथि मुद्दा दायर

गत साता कञ्चनपुरमा एक युवतीलाई उखुबारीमा गरिएको सामुहिक बलात्कारका आरोपीत माथी प्रहरीले मुद्दा दायर गरेको छ । पीडित युवतीले आफूलाई उखुबारीमा लगेर बलात्कार गरेको प्रारम्भिक बयान दिएको आधारमा प्रहरीले ६ जना विरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।


स्थानीय भजौरा रानाको घरमा विवाहमा आएको बाजा बजाउने टोली मध्येका ति व्यक्ति संलग्न भएको भन्दै ६ जनामाथि मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा मुख्य दोषी देखिएका गोविन्द रानासहित छजनालाई मुद्दा दायरपश्चात् थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

विवाहमा स्थानीय २० वर्षीया राना समुदायकी युवतीलाई उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका पनि सबै राना थारू समुदायकै हुन् । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान जारी रहेकाले घटनाको विस्तृत विवरण पछि सार्वजनिक गरिनेछ । युवतीको हाल धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

news and entertainment