संसद बन्यो रणभूमि, लात र मुक्का हानाहान ( तस्विर सहित)

८ फागुन, एजेन्सी ।


टर्कीको संसदमा बुधबार हंगामा भएको छ । संसदमा बिल संसोधन बिधयेकमा बहस चलिरहेको थियो । यसै क्रममा सांसदहरु आपसमा भिड्न थाले । उनीहरु एक अर्कालाई मुक्का नै प्रहार गर्न थालेको देखिन्छ ।



संसदमा मारपिट भईरहेको तस्विर र भिडियो अहिले इन्टरनेटमा भाइरल बनेको छ । रिपोर्टमा बताइए अनुसार पाँच जना सांसद घाइते भएका छन, जसमा चार जना रिपब्लिकन पार्टीका सांसद भएको बताइएको छ ।



 मुख्य विपक्षी रिपब्लिकन पीपुल्स पार्टीका उप प्रमुख मेल्डा ओनरका अनुसार टर्कीको संसदमा भएको यो पहिलो घटना हो ।



सांसदहरुले एक अर्काको मुखमा हातले लुछ्नुको अलावा गिलास पनि फ्याकिरहेका थिए । कति जना त जमिनमा लडेका पनि देखिन्छन् । चारैतिर गर्मागर्मीको माहोल थियो ।

news and entertainment