केवल एउटा कमिलाको असाधारण शक्ति
कमिला, आकार सानो भएतापनि आफुभन्दा सयौं गुणासम्मको बस्तु उचाल्नसक्ने कुरा त तपाइलाइ थाह भएकै कुरा हो।
यो सानो रातो कमिला रुखको हाँगामा हिँडिरहदा भेटिएको हरियो झुसिलकिरोलाइ बाटोबाट पन्छाउन थाल्यो। तर अकस्मात कमिलाले उक्त किरालाइ टोक्यो अनि सजिलैसंग जुरुक्क उचालेर हिड्न लाग्यो। केबल १ सेन्टिमिटर लामो यो कमिला ६ सेन्टिमिटर भन्दा लामो झुसिलकिरालाइ उचाल्दा कुनै कष्ट परेकोझै देखिदैन।
वीभर प्रजातिका यि कमिलाहरु एसिया र अस्ट्रेलियामा पाइन्छन। यो कमिलाको झुन्डमा ५० हजार भन्दा बढि कामदार कमिलाहरु हुन्छन।
सङख्या ठुलोहुने हुनाले खानेकुराको आवश्कता पुरा गर्न स-साना किराहरुलाइ आहारा बनाउने गर्दछन। त्यसैले यि कमिलाहरुलाइ कृषकको साथीको रुपमा पनि लिइन्छ।
हेर्नुहोस् यो कमिलाको साहासिक काम।