श्वेतालाइ केहि दिनदेखि ज्वरोले ग्रस्त !
भाद्र १, आईतवार
अभिनेता श्रीकृष्ण श्रेष्ठको शोकमा डुबेकी अभिनेत्री श्वेता खड्का ज्वरोले थलिएकी छिन् । आइतबार
दिल्लीबाट श्रीकृष्ण श्रेष्ठलाई नेपाल ल्याउँदा देखिनै श्वेता निरन्तर रोईरहेको पनि चन्द्रले जानकारी गराए । उनलाई सम्हाल्न श्वेताकी आमा स्वयं श्वेतासँग हरबखत रहने गरेकी छिन् ।
स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको मृत्यु भएको सातौं दिन पुगेको छ । उनलाई शोकमा आफन्त र शुभचिन्तकहरु श्रीको निवास पुगेर सहानुभूति दिने भीड लागेको छ । ‘शुभचिन्तकहरुले घरमा आएर सहानुभूति दिइराख्नु भएको छ । सबैजना शोकमा छौं । फिल्म राम्रो चल्दैछ भनेको सुनेका छौं । बाँकी कुरा बुझ्न पाएका छैनौं,’ स्वर्गीय श्रीकृष्णका भिनाजु चन्द्रप्रसाद श्रेष्ठले भने ।
शुक्रबार बाबुराम भट्टराई श्रीकृष्ण निवास पुगेका थिए भने माइती नेपालकी अनुराधा कोइराला परिवारलाई सान्त्वना दिन आइतबार श्री निवास पुगेकी थिइन् ।
अभिनेता श्रीकृष्णको उपचार रहँदा ठिक एक हप्ता अघि दिल्लीको गंगाराम अस्पतालमा निधन भएको थियो । श्रीकृष्ण श्रेष्ठ र श्वेताको अभिनय रहेको ‘कोहिनूर’ देशभर हाउसफूल व्यापारका साथ चलिरहेको रिपोर्ट छ ।
फिल्मिबज़ार बाट