यौन उत्तेजना नआएर हैरान हुनुहुन्छ ? यी खानेकुरा खानुहोस्
February 13, 2015
एजेन्सी । घट्दो कामेक्षा, इरेक्टाईल डिस्फंक्शन जस्तै पुरुष सम्बन्धि समस्याबाट छुटकारा पाउने हो भने तपाईले आफ्नो भोजनमा परिवर्तन गर्न जरुरी छ ।
डेलिमेलको वेबसाईटमा प्रकाशित शोधमा पौरुष सम्बन्धि समस्याबाट छुटकारा पाउनका लागि सीफुड फाइदाजनक हुने उल्लेख छ ।
डेलिमेलमा प्रकाशित सोधमा ग्रीक कार्डियोलोजिस्ट एथानासियोस एञ्जेलिसले आफ्नो अध्ययनको आधारमा यो दावी गरेकी हुन् ।
उनका अनुसार माछा, सलाद, जैतुनको तेलबाट बनाएको खाना र एक ग्लास रक्सी पुरुषको पौरुषर्थ बढाउन फाइदाजनक हुने उल्लेख छ ।
उनको दावी छ कि समुद्री भोजन सेवनले रक्त कोशिकाहरु स्वस्थ राख्छ र शरीरको तल्लो भागमा राम्रो रक्त सञ्चार गर्छ जसले यस्ता समस्याको हल हुन्छ ।
डा.एञ्जेलिनाले सुमद्री भोजनको सेवनले पौरुष बढाउनुका सार्थै राम्रो डाइट पनि हो । यस्तो सेवले मन शान्त बन्नुका साथै क्यान्सरको खतरा पनि कम हुन्छ ।
यो संगै उनले तरुल लगायतका खानेकुरा र अन्न सेवनमा जोड दिएकी छन् भने सातामा एक पटक एक ग्लास रक्सीले पनि फाइदा गर्ने उल्लेख गरेकी छन् ।
समुद्री खानेकुरा यौनवर्दक भियाग्राको विकल्प समेत मान्दा गलत हुँदैन । एञ्जेलिनाले आफ्नो अध्ययन भियानामा युरोपियन एशोसिएसन अफ कार्डियोभास्कुलर इमेजिङ सम्मेलनमा प्रस्तुत गरेकी छन् ।