भारत र पाकिस्तानको विश्बकप क्रिकेट युद्धको कथा

पुरै संसारका क्रिकेट फ्यानहरुको केन्द्रविन्दु हुने भारत र पाकिस्तानको क्रिकेट वर्ल्डकपको इतिहास पनि रोचक नै छ। वर्ल्डकपमा पाकिस्तानको बिरुद्ध भारतले अहिलेसम्मको सबै पाँचवटा खेल जितेको छ। फ्रेब्रुअरि १५ (फाल्गुन ३) अर्थात आजको खेलमा पाकिस्तानले जिते त्यो जित भारत बिरुद्ध पहिलो हुनेछ।



अहिले सम्म भारत र पाकिस्तानको बिच ५ वर्ल्डकप खेल भए, ति सबै खेलहरु भारतले नै जितेको थियो। यो पटकको वर्ल्डकपमा भएका खेलाडिहरु मध्ये पाकिस्तानका शाहिद आफरिदी मात्र एक खेलाडी हुन जसले भारत विरुद्ध ३ वटा वर्ल्डकप खेलेका छन। यि म्याचहरुमा ३४ उनीले मात्र ३४ रन बनाए र १ विकेट पनि लिएका थिए।


१५ फेब्रुअरी अर्थात आज (फाल्गुन ३)मा एडिलेडमा भारत र पाकिस्तान भिड्दै छन्। यहाँ भारतले १३ खेल खेलेको छ जसमध्ये ७ खेलमा जित हात पारेको थियो।

यि दुइ देश बिच भएको ५० ओभरको खेलहरुमा सबैभन्दा बढी रन २००५ मा भारतले ९ विकेट गुमाएर ल्याएको थियो, जसमा भारतले ३५६ रनको रेकर्ड बनाएको थियो।

भारत र पाकिस्तान बिचको ५ वर्ल्डकप खेलको नतिजा

१६ मार्च १९९२- सिड्नीमा भएको खेलमा भारतले ४३ रनले जितेको थियो।

९ मार्च १९९६- बेंगलुरुमा भएको खेलमा भारतले ३९ रनले जितेको थियो।

८ जुन १९९९- म्याचेस्टरमा भएको खेलमा भारतले ४७ रनले जितेको थियो।

१ मार्च २००३ मा सेंचुरियनमा भएको खेलमा भारतले ६ विकेटले जितेको थियो। यो खेलमा पाकिस्तानका सईद अनवर ले एकमात्र शतक हान्दै १०१ रन बनाएका थिए। यो शतक भारत-पाकिस्तान वर्ल्डकप को एक मात्र शतक हो।

३० मार्च २०११ मोहलीमा भएको खेलामा भारतले २९ रनले जितेको थियो।



भारत-पाकिस्तानको बिच भएको खेलहरु मध्ये सबैभन्दा बढी रनको रेकर्ड सचिन तेंडुलकरले बनाएका थिए।भारत-पाकिस्तानको सबै खेलहरु मा २४७४ रन बनाएका थिए। उनी पछि इंजमाम उलले २४०३ रन बनाएक छन। यो पटक भारत वर्ल्डकपमा पाकिस्तान विरुद्ध पहिलो चोटी सचिल तेंडुलकर बिना खेल्नेछ।

यि दुइ देशहरुमा पार्टनरशिपको रेकर्ड सचिन र नवजोत सिंह सिद्धूको नाममा छ। १९९६ मा यि दुइले दोस्रो विकेटको साझेदारीमा २३१ रन बनाएका थिए।

सचिन तेन्डुलकरले पाकिस्तानको विरुद्ध एउटा पनि सेन्चुरी बनाउन सेकनन्। उनले २००३ मा ९८ रन सम्म जोडेका थिए पाकिस्तानको विरुद्धमा।


यो पटकको विश्वकप पहिले, अन्तिम पटक भारत र पाकिस्तानको खेल २०१४को एशियाकपमा भएको थियो। जसमा भारत १ विकेटले पाकिस्तानसंग हारेको थियो। शाहिद आफरिदीको अन्तिमको छक्काले पाकिस्तानले यो खेल जितेको थियो।

पाकिस्तान र भारत बिच भएको १२६ एक-दिवसीय खेलमा ५० खेल भारतले जितेको छ भने पाकिस्तान ले ७२ खेल जितेको छ। ४ खेल भने कसैले पनि नजिती खेल सकिएको थियो।

भारतको विरुद्ध सईद अनवरले एउटै खेलमा १९४ रन जोडेर सबैभन्दा बढी रन एउटै खेलमा ल्याएको रेकर्ड बनाएका छन्।
त्यस्तै भारतका बिराट कोहली दोस्रो नंबरमा छन् १८३ रन बनाएर।



news and entertainment