जलेश्वरमा भारतीय दम्पतीको ‘यस्तो हर्कत’
महोत्तरी । जलेश्वरमा अश्लील क्रियाकलाप गराउने गरेको आरोपमा प्रहरीले रेस्टुरेन्ट सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रेस्टुरेन्ट सञ्चालक भारत विहारको सुरसन्ड विरख घर भई जलेश्वर–४ मा बस्दै आएका राजीवरञ्जन कुमार, उनकी पत्नी अनिता चौधरी र रेस्टुरेन्टमा काम गर्ने तीन युवती रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राजीवरञ्जन र अनिताले जलेश्वर–४ मा रेस्टुरेन्ट सञ्चालन गरी त्यसमा केटीहरु राखेर ग्राहकसँग अश्लील क्रियाकलाप गराई समाजमा नकारात्मक प्रभाव पारेकाले पक्राउ गरिएको हो ।
अश्लील क्रियाकलाप गराउँदै गरेको अवस्थामा पक्राउ गरिएका पाँचै जनाविरुद्ध सार्वजनिक मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
