जिप दुर्घटनामा परी महिलाको घटनास्थलमै मृत्यु, ११ घाइते

२५ माघ, परासी ।


नपलपरासीको बैरागनाथ–ज्यामिरे भित्री सडकखण्डअन्तर्गत सुनवलमा आज भएको सवारी दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।


बैरागनाथबाट ज्यामिरेतर्फ आउँदै गरेको ना१ज १२५८ नम्बरको जिप अनियन्त्रित भई पल्टिँदा जिपमा सवार नवलपरासी बन्जियाकी ३० वर्षीया कमला विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।



दुर्घटनामा परी जिपमा सवार अन्य ११ जनाको घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

news and entertainment