२०७३ सालभित्र राजतन्त्र फर्किन्छ :ज्योतिष आनन्द
काठमाण्डु, २५ माघ– ज्योतिष आनन्द सुवेदीले आगामी २०७३ सालभित्र मुलुकमा राजतन्त्र फर्किने दाबी गरेका छन् ।
आइतबार रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्दे उनले आउने वर्ष पुर्वराजा ज्ञानेन्द्र शाहको नाति हृदयन्द्र
शाहको ग्रह पूर्ण रुपमा राजतन्त्र फर्काउने खालको भएकाले उनी पूनः राजगद्दिमा फर्किन बताएका हुन् ।
भारतको आसाम शिव सागरबाट ज्यातिष विद्या हासिल गरेका उनले भने, ‘म कुनै पार्टिको नेता वा राजावादि त होइन तर मैले ज्यातिष शास्त्रमा जे देखे त्यही भने ।’
ज्यातिष शास्त्र पनि विज्ञानमा आधारित हुने भएकाले उनको वाणि सत्य सावित हुने समेत उनले दाबी गरेका छन् ।
विगत करिब एक दशकदेखी चिना, कुण्डली हेर्ने, ग्रह शान्ति गराउने, कर्मकाण्ड गराउने तथा ज्यातिष सम्वन्धि परामर्शसमेत दिदै आएका उनले नयाँ बसपार्कमा मृगु सहिंता ज्यातिस केन्द्र समेत सञ्चालन गर्दै आएका छन्