‘नेपालबारे बोल्ने नैतिकता भारत र ईयूसँग छैन’

पर्साः उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालको संविधानमाथि टिप्पणी गर्ने नैतिक आधार भारत र युरोपेली सङ्घ (ईयू)सँग नभएको बताएका छन् ।

शुक्रबार वीरगन्ज उपमहानगरपालिकाको २०औँ नगरपरिषद्द्वारा पारित नीति तथा कार्यक्रम सार्वजनिक समारोहलाई सम्बोधन गर्दै थापाले भने, ‘नेपालको संविधानमाथि टिप्पणी गर्ने नैतिक आधार भारत र ईयूसँग छैन ।’पर्साः उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालको संविधानमाथि टिप्पणी गर्ने नैतिक आधार भारत र युरोपेली सङ्घ (ईयू)सँग नभएको बताएका छन् ।

शुक्रबार वीरगन्ज उपमहानगरपालिकाको २०औँ नगरपरिषद्द्वारा पारित नीति तथा कार्यक्रम सार्वजनिक समारोहलाई सम्बोधन गर्दै थापाले भने, ‘नेपालको संविधानमाथि टिप्पणी गर्ने नैतिक आधार भारत र ईयूसँग छैन ।’

मन्त्री थापाले समावेशीताको कुरा गर्ने भारत र ईयूले नेपालको संविधानमाथि नकारात्मक टिप्पणी गर्न नसुहाउने समेत दाबी गरे ।

थापाले भारत र ईयूको वक्तव्यप्रति आक्रोश व्यक्त गर्दै भने, ‘३३ प्रतिशत महिला आरक्षणको सुनिश्चितता गरेको नेपालको संविधानको जस्तो व्यवस्था भारत तथा ईयूका मुलुकले समेत नगरेकाले तिनलाई नेपालको आन्तरिक मामिलामा बोल्ने कुनै नैतिक अधिकार छैन ।’

थापाले मधेसवादी दलले उठाएको विषय राजनीतिक भएकाले यसको समाधान राजनीतिक तवरबाट समाधान गर्ने पक्षमा सरकार रहेको स्पष्ट पार्दै भने, ‘मधेसवादी दलले उठाएको विषय नेपालको आन्तरिक मामिला हो । हामी आफै समाधान गर्छौँ । तराईका समस्या समाधान गर्न विदेशीले चिन्ता गर्नु पर्दैन ।’

कार्यक्रमम उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले आव २०७३-०७४ का लागि एक अर्ब ३८ करोडको बजेट सार्वजनिक गरे ।

कार्यक्रममा वीरगन्ज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने उद्योगपति, व्यापारी, कर्मचारी, पत्रकार, खेलाडी लगायतलाई सम्मान गरिएको थियो । रासस

,

news and entertainment