फोन र इन्टरनेटमै हुन्छ नेपालीको ८५ अर्ब खर्च

काठमाडौं,माघ २२ – मोबाइल,साधारण टेलिफोन तथा इन्टरनेटमा नेपालीले गत वर्ष ८५ अर्ब रुपैयाँ खर्च गरेका छन् । मोबाइल–टेलिफोनका साढे २ करोड ५५ लाख ४० हजार र इन्टरनेटका ९४ लाख ५९ प्रयोगकर्ताले आव २०७०–०७१ मा यो रकम खर्चिएका हुन् । यो संख्याको आधारमा प्रयोग कर्ताले वार्षिक औसत २,४२८ रुपैयाँ खर्च गरेका छन् ।


आव २०६९–०७० मा नेपालीले ७५ अर्ब ६८ करोड रुपैयाँ खर्चिएका थिए । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एमआईएस) अनुसार कात्तिकसम्म कुल जनसंख्याको ९६ प्रतिशतमा टेलिफोन तथा ३५ प्रतिशतमा इन्टरनेट सेवा पुगेको छ ।

राष्ट्रिय जनगणना २०६८ को कुल जनसंख्या र मोबाइल सिमकार्ड तथा टेलिफोन लिने ग्राहकलाई आधार मान्दै प्राधिकरणले ९६ प्रतिशत जनता दुरसञ्चार पहुँचमा रहेको तथ्यांक दिएको छ । हाल मोबाइल प्रयोगकर्ता २ करोड २८ लाख छन्,जुन कुल दूरसञ्चार ग्राहकको ८६.२५ प्रतिशत हो । आजको कारोबार दैनिकमा खबर छ ।

news and entertainment