ओली आकाशवाणी आएपछि उफ्रेका छन्ः प्रचण्ड

२३ माघ, इटहरी ।


एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले कतैबाट आएको आकाशवाणिका कारण एमाले अध्यक्ष केपी ओलीको सक्रियतामा देशको राजनैतिक अवस्थामा परिवर्तन आएको वताएका छन् । सुनसरीको इटहरीमा एकिकृत माओवादिद्धारा आयोजित पूर्वी कमाण्ड तथा विशेष प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले ओली प्रधानमन्त्री वन्ने लोभमा पहिले भएका सहमति विपरित काम गर्न थालेकाले राजनैतिक अवस्थामा परिवतन आएकाले मुलुक संकटमा फस्दै गएको आरोप लगाए ।



आकाशवाणीको कुरालाई वढी प्राथमिकता दिदै प्रचण्डले कुनै समय आफुलाई पनि यस्तै आकाशवाणि आएपछि प्रधानमन्त्रि छाड्नु परेको भन्दै अहिले भने केपी ओलीलाई प्रधानमन्त्रि बताउन यस्तो आकाशवाणी आएको आफुलाई जानकारी आएको समेत उनले दावी गरे ।

एमाले र नेपाली काँग्रेस विस्तृत शान्ति सम्झौता तथा १२ वुदेँ समझदारीको सहमति तोड्न लागेकाले सडकमा आएर आन्दोलन गर्न बाध्य हुनु परेको समेत प्रचण्डको भनाइ छ ।

पूर्वका १६ जिल्लाबाट आएका कार्यकर्ताहरुलाई आन्दोलनका लागि तयारी रहन निर्देशन दिदै अध्यक्ष प्रचण्डले शान्तिपूर्ण आन्दोलनमा गर्न मिल्ने जति सवै विकल्प गरेर आन्दोलनलाई सफल बनाउन समेत आग्रह गरे । उनले हिजोका दिनमा ३० हजार सेना देखि डराएका दलहरुलाई एक महिनामा १० लाख सेना बनाएर देखाउने चुनौति पनि दिए । यस्तै पूर्वी कमाण्ड इन्र्चाज तथा उपाध्यक्ष नारायण काजी श्रेष्ठले बहुमतीय प्रक्रियामा जाने सत्ता पक्षीय दलहरुको योजनालाई जसरी पनि असफल बनाउने र सहमतिकै आधारमा संविधान जारी गर्न बाध्य पार्न आन्दोलन सफल हुने दावी गरे ।

पूर्वका किरात, कोचिला र लिम्बुवान प्रदेशका कार्यकर्ताहरु उपस्थित भनिएको एमाओवादीले जनाएको छ । गोप्य भनिएको प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मीहरुलाई भने प्रवेश गर्न दिइएको थिएन ।

news and entertainment