भेडा चराउँदा साढे २ करोडको सुन भेटेपछि
बेइजिङ, माघ २४ – चीनको ग्रामिण भागमा रहेका एक भेडा गोठालोले साढे दुई करोड (१ सय ६३ हजार पाउण्ड) मूल्य बराबरको सुनको ढिक्का फेला पारेका छन् ।
भाग्यमाथि ती गोठालोले जमिनामा त्यतिकै रहेको अवस्थामा १७ पाउण्ड तौल भएको उक्त सुन फेला पारेका हुन्
२३ सेन्टिमिटर लामो र १८ सेन्टिमिटर चौढाई भएको उक्त सुनको मूल्य १.६ मिलियन युआन रहेका बताइएको छ ।
जिनजियाङ प्रान्तको सुदुर पश्चिम भागमा भुइँमा त्यतिकै फालिएको अवस्थामा ती भाग्यमानी व्यक्तिले सुन फेला पारेको स्थानीय मिडियालाई बताएका छन् ।
यद्यपि उनलाई नै त्यो सुन राख्न दिइने बारेमा अझै यकिन हुन सकेको छैन ।
सुन उत्पादन गर्ने देशको शीर्ष स्थानमा लगातार ८ वर्ष चीन रहँदै आएको छ ।