रातारात विके सभाषद, प्रचण्डको मोर्चाबाट ओली कित्तामा

काठमाडौं । बोमलाल गिरी ।


राजनीतिमा लागेका केही नेता यस्तो पनि देखिए जस्को कुनै मूल्य मान्यता र अडान छैन र स्पष्ट चरित्र छैन । उनीहरु जता लाग्दा आफ्नो व्यक्तिगत फाइदा हुन्छ, लाभ लिन सकिन्छ उतै लाग्छन् । यस्तै अडान नभएका ढुलभुले र स्वार्थी नेता मध्येका एक हुन नेपाली जनता दलका अध्यक्ष एवं सभासद् हरिचरण साह ।


उनले आफ्नो फाइदाका लागि के गरेनन् ! सोमबार विधि र प्रकृया मिचेर गैरलोकतान्त्रिक चरित्र अपनाएको भन्दै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको उछितो काढ्ने गरी विज्ञप्ती निकाले र अध्यक्ष नेम्वाङको चर्को आलोचना गरे । उनले निकालेको विज्ञप्तीमा भनिएको छ, ‘संविधानसभा भित्रको यस खाले बहुमतीय प्रक्रियाले अग्रगामी परिवर्तनका मुख्य बिषयहरुमा सहमति कायम गर्न नसक्ने र यसले राष्ट्रिय राजनीतिमा गम्भिर ध्रुविकरण गर्ने कुरा पक्का छ । यसले अन्ततः संविधानसभालाई निरर्थक बनाउनेछ, र देशलाई पुनः नया द्धन्द, ध्रुविकरण र मुठभेडमा लैजाने गम्भिर खतरा उत्पन्न गरेको छ । यसर्थ आन्दोलनकारी, शान्ति सम्झौता र विभिन्न सम्झौताका पक्षहरुसितको सहमति विनाको यस प्रकारको बहुमतिय प्रक्रियामा हामी सहभागी हुन नसक्ने अडान दृढताका साथ सार्वजनिक गर्न चाहन्छौं ।’




साझा मुददाको संयुक्त मञ्चको संयोजकको हैसियतले यस्तो कडा विज्ञप्ती निकाले । साझा मुद्धाका लागि संयुक्त मञ्च सत्ता बाहिर रहेका र एकीकृत माओवादीको मोर्चामा सहभागि साना दलहरुको मञ्च हो । तर यति कडा विज्ञप्ती निकालेको २४ घण्टा बित्न नपाउँदै उनी यु टर्न भए र सरकारी कित्तामा उभिन पुगे ।



साहले सोमबार जारी गरेको विज्ञप्ति


मंगलबार कांग्रेस एमालेको सरकारी गठबन्धनको कित्तामा उभिएर आफै हस्ताक्षर गरी उनै हरि चरण साहले साझा मुद्धाका लागि संयुक्त मञ्चलाई नै वार्ताका लागि आब्हान गरे । हिजो अध्यक्ष नेम्वाङले अपनाएको बाटोको खरो विरोधमा विज्ञप्ती निकालेका साहले आज ‘संविधानसभाका सम्माननीय अध्यक्षबाट संविधानका मतभेद रहेका अन्तरवस्तुका बारेमा प्रश्नावली बनाउनका लागि विभिन्न राजनीतिक दलहरुको प्रतिनिधित्व गर्ने संविधानसभाका सदस्यहरु सम्मिलित “प्रस्ताव निर्माण समिति”को प्रस्ताव प्रस्तुत भई पारित भएको छ । यसले संविधान निर्माणको प्रक्रियामा रहेको गतिरोधलाई एक हदसम्म हटाएको छ । हामी यसको दृढ समर्थन गर्दछौं ।’ भन्ने कांग्रेस एमालेको प्रस्तावमा हस्ताक्षर धस्काएका छन् ।



मंगलबार जारी विज्ञप्तिमा पनि उनको हस्ताक्षर


साहले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ, ‘ अतः संविधान, नियम र लोकतान्त्रिक मर्यादाको सम्मान गर्दै छिटोभन्दा छिटो नयाँ संविधान जारी गर्न प्रस्ताव निर्माण समितिमा सहभागी हुन र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न हामी एनेकपा (माओवादी) सम्बद्ध मोर्चा तथा साझा मुद्दाको लागि संयुक्त मञ्चका नेताहरुलाई आग्रह गर्दछौं । साथै विधि र नियम बमोजिम संविधानसभाको निर्णय प्रक्रियालाई निरन्तर अघि बढाउन सम्बद्ध सबैलाई हार्दिक आव्हान गर्दछौं ।


अघिल्लो संविधानसभामा समानुपातिकबाट दुई सिट पाएको नेपाली जनता दलले अहिले एक सिट मात्र पाएको छ । अघिल्लो पटक छोरी (गायत्री साह) लाई सभासद् बनाएका हरिचरण साह यस पटक आफै सभासद् बनेका छन् । अघिल्लो पटक आफैले सभासद् बनाएका विश्वनाथ अग्रवाललाई सिंहदरवार भित्रै साहले कुटपिट गरेपछि पार्टी फुटेको थियो । उनकी छोरी गायत्री रातो पार्सपोर्ट काण्डमा निलम्बनमा परेकी थिइन ।

news and entertainment