बैद्यले गरे प्रचण्डसँग मिल्ने निर्णय

२२ माघ, काठमाडौं ।

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चासँग मिलेर सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । विपक्षी मोर्चालाई पाखा लगाउँदै कांग्रेस, एमालेलगायत दलले ०४७ सालको जस्तै संविधान ल्याउन लागेको भन्दै वैद्य माओवादीले मोर्चासँग मिलेर सडक संघर्ष गर्न लागेको हो ।


ललितपुरमा ५ दिनसम्म चलेको केन्द्रीय समिति बैठकले गरेका निर्णय आज पत्रकार सम्मेलन गरी सार्बजनिक गर्ने केन्द्रीय सदस्य दिनेश शर्माले जानकारी दिए ।

उनले आफ्नो पार्टीले जनतालाई संगठित गर्न दुई महिनासम्म मेची–महाकाली अभियान चलाउने समेत बताए । नेतृत्वदेखि कार्यकर्ता परिचालित भएर जनसम्बन्ध बढाउने, संगठनलाई सक्रिय बनाउने, सत्तारुढ दलको भण्डाफोर, अन्तक्रियाजस्ता कार्यक्रम गरिने उनको भनाई छ ।

जनयुद्ध दिवस फागुन १ बाट सुरु गरी चैत २४ गते जनआन्दोलन दिवसको अवसरमा काठमाडौंमा अभियानको समापन गर्ने केन्द्रीय सदस्य सुरेश आलेमगरले जानकारी दिए ।

news and entertainment