पातलो लुगामा जब मान्यज्यू पसिन्
काठमाडौं – वेलामा संविधान नबनेर देश गर्माएको बेला संविधानसभाका मान्यज्यूको एउटा छलफल अर्कै कुराले गर्मायो । कांग्रेसका बुढा नेता आनन्दप्रसाद ढुंगाना ‘हन,यो के देख्नपुर्या हो लक्ष्मणबाबु ? भन्दै कराए । तर,जे देखेर उनी आत्तिए,तर त्यो कुराचाहिँ फ्याट्ट भनिहालेनन्
कुरा रहेछ,युवतीले बैठकमै नितम्ब देखाएपछि हेर्न नसकेर कराएको । जनआस्था लेख्छ – राजधानीको तापक्रम १५ डिग्री छँदा युवतीले तलमाथि नै पारदर्शी पहिरनमा बूढालाई अत्याएपछि सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई तानेर बाहिर लगे । लक्ष्मणलाले आफ्ना सहयोगीलाई सुनाएरअनुसार, आनन्द निकै हतास मुद्रामा बोल्न थाले । ‘ए,लक्ष्मणबाबु तपाईं त बाबुजस्तो मान्छे,तिनलाई भनिदिनुपर्यो ,यस्तो पातलो लुगा लगाएर आइदिन भएन है ।’ यसरी जाडो याममा बूढा आनन्दको मन गर्माउने मान्य हुन्,सरिता कुमारी यादव । अर्थात् पूर्वमन्त्रीकी पत्नी ।
