मलेसियामा दर्जनौं नेपालीसहित सयौं विदेशी कामदार पक्राउ
मलेसिया, माघ २३– मलेसियाको संयुक्त सुरक्षा टोलीले झण्डै २ दर्जन नेपालीसहित सयौं विदेशी कामदारलाई पक्राउ गरेको छ । शुक्रबार अपरान्ह सुरक्षा टोलीले छापा मारी नेपालीसहित का बिदेसी कामदारलाई पक्राउ गरेको हो ।
मलेसियाको सेलोंगर राज्यको काजांग अन्तर्गत सेडांग भन्ने ठाऊको रेल्बे स्टेसनमा छपा मारि नेपाली लगायत अन्य मुलुकका नागरिकलाई पक्राउ गरिएको हो ।
काजंगबाट नेपाली कामदार हेम बीस्टले दिएको जानकारी अनुसार अवैध रुपमा मलेसियामा बस्दै आएको अभियोगमा उनीहरुलाई इमिगेसन ,पुलिस, रेला र सीआईडीको सयुक्त टोली ले पक्राउ गरेको हो । यसबारे मलेसियास्थित नेपाली दूतावासले आधिकारीक जानकारी प्राप्त भइनसकेको जनाएको छ ।