‘महिलाहरुले जिन्स लगाउन छोडे बलात्कारको घटनामा कमी आउने’

नयाँ दिल्ली– भारतमा बलात्कारको घट्ना बढ्दो छ । यस्तो अवस्थामा भारतका राजनीतिक पार्टीका नेताहरु भने यसको उचित रोकथाममा लाग्नुको सट्टा विवादित बयान दिनमा व्यस्त छन् । अझ त्यसमाथि पनि महिलाहरुले लगाउने पहिरनको बारेमा थुप्रै नेताहरुले टिप्पणी गर्न थालेका छन् ।

यस्तै लहडमा उत्तर भारतको प्रान्त हरियाणामा हिन्दु महासभाका एक नेताले महिलाहरुको बढ्दो बलात्कारको घटनाको विषयमा विवादास्पद टिप्पणी गरेका छन् ।   महिलाहरुको पहिरनलाई बलात्कारको घटनासँग जोड्दै महासभाका उपाध्यक्ष धर्मपाल सिवाचले महिलाले जिन्स लगाउन छोड्ने हो भने बलात्कारको घटनामा कमी आउने बताएका छन् । उनले भने, ‘यदि महिलाहरुले हाफ जिन्स लगाउन छोड्छन् भने बलात्कारको घटना स्वतः घट्नेछ ।’ उनको यो विवादास्पद भनाईलाई महिला आयोगले कडा आलोचना गरेको छ ।     उनले ‘लभ जिहाद’ के विषयमा पनि हिन्दु युवाहरुलाई उक्साएका छन् । भ्यालेन्टाइन डे को अर्को दिन १५ फेब्रुअरीमा हिसारबाट सुरु हुने ‘बुहारी ल्याउ, छोरी बचाउ’ अभियानमार्फत भिवानी शहरमा आएका अखिल भारतीय हिन्दु महासभाका उपाध्यक्ष धर्मपालले सिवाचले हिन्दु धर्म बचाउनका लागि सबै हिन्दुहरुलाई एकजुट हुन आह्वान गरेका छन् ।

news and entertainment