बुधबार, फाल्गुण २७,
अहिलेसम्म नेपाल सरकारले कलाकारितामा लागेका कसैलाई पनि कुनै उपना दिएको छैन । राजेश हमाललाई सबैले ‘महानायक’को उपनामले बोलाउछन् । तर, उनलाई यो उपनाम सरकारले दिएको होईन प्राविधीक संघले दिएको हो । प्राविधीक संघले नै नायिका करिश्मा मानन्धरलाई ‘सदाबहार’ नायिकाको उपाधि दिएको छ । नेपाली चलचित्रमा योगदान गर्ने कलाकारलाई चलचित्रकर्मी वा विभिन्न संघसंस्थाले उपनाम दिइरहेका छन् ।लामो समयदेखि नेपाली सिने नगरिमा अभिनय गर्दै आएकी नायिका रेखा थापालाई भने कुनै संस्थाले कुनै उपनाम दिन भ्याएका छैनन् । तर, भारतका विभिन्न १० वटा शहरमा आयोजना भैरहेको ‘होली हंगामा’ कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी रेखा थापालाई छिन् आयोजकले ‘महानायिका’ भनेर प्रचार गरेको छ ।
रेखा थापाले आफ्नो फेसबुकमा अपलोड गरेका तस्बिरमा पनि उनलाई ‘महानायिका’ भनिएको छ । कार्यक्रमको मुख्य आकर्षणको रुपमा पुगेकी रेखालाई आयोजकले ‘महानायिका’को उपाधी दिएको हो । के अब भारतबाट फकिर्एपछि रेखालाई चलचित्र क्षेत्रमा ‘महानायिका’ भनिएला ? त्यो भने भोलीको समयले बताउँने छ ।
नेपाली नायिका रेखा थापालाई भारतले यसरी बनायो महानायिका
news and entertainment
