१२० वर्षीया बृद्धाद्वारा ७५ केजीको मैनबत्ती बाल्दै नयाँ संविधानकाे स्वागत

आइतबार ३ असोज, २०७२
बरुण पनेरु



डडेल्धुरा–नेपालको संबिधान २०७२ जारी भएको अवसरमा डडेल्धुरामा १२० वर्षीया बृद्धा पार्वती खड्काले ७५ किलोको मैनबत्ती बालेर स्वागत गरेकी छिन्। डडेल्धुरा शान्ति समितिको आयोजनामा आइतबार साँझ ६ बजे सुदरमुकामको मुख्य चोक तुफानडाडाँमा ७५किलोको मैनबत्ती बालिएको हो।




देशमामा समृद्धि र शान्ति कामय होस भनेर आफूहरुले ७५ जिल्लाको प्रतिकका रुपमा ७५ केजीको मैनबत्ती बालेकोे शान्ति समिति संयोजक गजेन्द्रबहादुर शाहीले बताए । 'संविधान निर्माणसँगै देशमा पूर्ण बिकासको बाटो खुल्ने अपेक्षासहित देशकै प्रतिनिधित्व गर्ने गरी मैनबत्ति बालिएको हो,' नेपाली काग्रेस डडेल्धुराका उपसभापति कैलाशकुमार पाण्डेयले भने, 'बिभिन्न दलको विमतिसँगै लामो अन्यौलकाबीच देश बिकासको बाटोमा लम्किने आशाको प्रतिकका रुपमा मैनबत्तिलाई लिएका छौं।'


७५ केजीको मैनबत्तपी बालेपछि अभिवाद गर्दै १२० वर्षीया बृद्धा पार्वती खड्का ।
सदरमुकामको तुफानडाँडा चोकमा करिव ५ हजारको सहभागितामा मैनबत्ती बालिएको हो। तीनदिनलगाएर बनाएको ७५ केजीको मैनबत्ती डडेल्धुरामै निर्माण गरिएको हो। जनताले चुनेर पठाएका प्रतिनिधिले निर्माण गरेको संविधान जारीसँगै शान्ति र ७५ जिल्लामा विकासको होस् भनेर ३ दिन लगाएर मैनबत्ती बनाइएको शान्ति समितिका संयोजक गजेन्द्रबहादुर शाहीले बताए । उनीहरुले मैनबत्तीसँगै संघीयताको सिमनासहितको नेपालको नक्सा बनाएका छन्। हरेक प्रदेशमा फरक फरक रंग राखेर शान्त र समृद्ध नेपालको कामना गरिएको छ । 'आधा दर्जन संविधान असफल भएको अवस्थामा अहिले बनेको संविधान दिगोपनाको कामना गर्दै मैनबत्ती बालिएको हो,' नेकपा एमालेका नेता गजेन्द्रबहादुर शाहीले भने, 'अब समृद्ध र सवल राष्ट्र निर्माणकै बाटोमा जानुपर्छ ।'
nagariknews

,

news and entertainment