खुलासा : परमाणु आक्रमणगरि ५० करोड मान्छे मार्ने आइएसआइएसको योजना
काठमाडौं, असोज १४ । आतंकी संगठन आइएसआइएसले परमाणु आक्रमण गरि विश्वभरका ५० करोड मान्छे मार्ने योजना बनाएको दाबी एक जर्मन पत्रकारले गरेका छन् ।
जर्मनका ७५ वर्षिय पत्रकार टोडेन हाफ
अमेरिकाको विरोधी रहेका कारण टोडेन हाफरलाई आइएसआइएसले सँगै रहने अनुमति दिएको थियो । उनले पुस्तकमा लेखेका छन् की आइएसआइएस सम्पुर्ण पश्चिमी मुलुकमा इस्लामिक शासन कायम गर्न चाहन्छ र यसकालागि उसले विरोधी सबैलाई मार्ने योजना बनाएको छ ।
टोडेन हाफरले आइएसआइएसलाई अहिलेसम्मकै खुँखार र आक्रामक आतंकी संगठन भनेका छन् ।
आइएसआइएसले इस्लाम नमान्ने र लोकतन्त्रको समर्थन गने सबै मुस्लिमलाई दुश्मन मान्ने गरेको पनि हाफरले पुस्तकमा लेखेका छन् ।
