औकात’ हेरेर कुरा गर्न गगनलाई ससुराको कडा सुझाब !
काठमाडौं १९ फागुन – महाधिवेशनको मुखमा गुट परिवर्तन गर्दै देउवा पक्षको महामन्त्रीको उम्मेदवार बन्न लागेका अर्जुननरसिंह केसीले आफ्ना ज्वाइँ गगन थापालाई महामन्त्री बन्ने बेला भइनसकेको सुझाब दिएका छन् ।
मंगलबार दिउसो रिपोटर्स क्लवमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका केसीले विविसी नेपालीसँगको अन्तर्वार्तामा गगन अझै महामन्त्री बन्ने बेला नभएको तर्फ संकेत गर्दै आफूलाई सम्झाइरहेको बताए । गगन आफ्नो भविष्यको भरोसा भएको भन्दै केसीले पटक पटक गगन महामन्त्री बन्ने बेला भइनसकेको बताए ।
उनले भने ‘आफूले सम्झउँदा नमाने र उम्मेदवारी दिए गगनसँग पनि लड्न तयार छु, र जित्नका लागि पुरै तयारीमा छु ।’
केसीले कांग्रेसमा आफू जस्ता अनुभवी नेताहरु रहेकाले गगनको महामन्त्री बन्ने बेला नभएको भन्दै आफूले ज्वाइँकोरुपमा गगनलाई उम्मेदवारी नदिने पटक पटक सम्झाइसकेको तर गगनले आफूलाई नटेरकोमा असन्तुष्टि पनि ब्यक्त गरे । कान्तिपथ डटकम
lightnepal
