सेक्स पावर बढाउन बाघको हड्डीबाट रक्सी !


एजेन्सी: चीनमा 'बेबी सुप' पछि सेक्स पावर बढाउनका लागि अब बाघको हड्डीलाई उमालेर रक्सी बनाउने गरेको सनसनीपूर्ण समाचार सार्वजनिक भएको छ।


यतिमात्रै होइन एक बोत्तल 'टाइगर वाइन' का लागि यहाँका धनाढ्य र सौखिनहरु करोडौं खर्चिन पनि तयार रहेको तथ्य बाहिर आएको छ ।


एक अनुसन्धनात्मक रिपोर्टले बाघलाई मारेर चीनमा रक्सी बनाइरहेको तथ्य बाहिर ल्याएको हो । यो रिपोर्टले चिनियाँ सरकारकै अगाडि खुलेआम बाघको हड्डीबाट रक्सी बनाएको उल्लेख गरेको छ ।

बेलायती समाचार अनलाइन डेलीमेलको रिपोर्टमा चीनमा बाघको दयनीय अवस्था बाहिर ल्याइएको छ ।

चीनका विभिन्न चिडियाखानामा बाघलाई एकदमै फोहोर र अफ्ठेरो जग्गामा राखेर कम खाना दिँदा सयौं बाघहरु मरेका बताइएको छ ।

रिपोर्टका अनुसार भोकले मरिरहेका यिनै बाघका हड्डीबाट यहाँ वाइन बनाउने गरिएको छ। हड्डीको वाइनको व्यापारले अहिले चीनमा अर्बौं डलरको ब्यापारको रुप लिइसकेको छ ।

अनुसन्धानका क्रममा चिनियाँ सरकारको मौन स्वीकृतिमा बाघको हड्डीको रक्सीको विक्री अनलाइनमा तीब्रगतिमा भइरहेको छ ।

चीनमा यस रक्सीलाई 'हेल्थ टोनिक' बताउँदै बाघकै आकारको बोत्तलमा राखेर धमाधम बेच्ने गरिएको छ ।

अच्चमको कुरा चीनका धनाढ्य र सौखिनहरु एक बोत्तल 'टाइगर वाइन' का लागि ४ सय पाउन्ड (करिब ६२ हजार रुपैयाँ) सम्म तिरिरहेका छन् ।

बाघको रक्सीले आफूलाई मजबुत बनाउने तथा मानिसको सेक्स पावर बढाउने पनि पुरातन विश्वास रहेको छ ।

रिपोर्टका अनुसार यस अवैध उत्पादनलाई तयार गर्नका लागि चीनमा तीब्रगतिमा बाघको प्रजनन गराउने क्रम बढेको छ ।

आफूसँग बाघको हड्डीबाट रक्सी बनाइएको पर्याप्त प्रमाण रहेको दाबी वातावरणीय अनुसन्धानन एजेन्सी (ईआईए) गरेको छ ।

बाघको रक्सीको माग बढ्दै गएपछि चीनका छिमेकी देशहरुमा पनि बाघको प्रजनन केन्द्रको विकासले तीब्रता पाएको छ ।

ईआईएका अनुसार चीनको सीमाना जोडिएको लाओसमा ५ सय बाघ पालिएको एउटा प्रजनन केन्द्र नै खोलिएको छ । यसका अलाबा ताइवानमा पनि बाघको प्रजनन केन्द्र खोलिएको छ ।

डेलीमेलले ईआईएका अभियन्ता श्रुति सुरेशलाई हवाला दिँदै बाघको हड्डीको रक्सीको ब्यापार खतरनाक स्तरमा पुग्न लागेको जानकारी दिएका छन् ।

रिपोर्ट अनुसार दक्षिणपश्चिम चीनको गुइलिनस्थित प्राकृतिक चिडियाखानामा करिब १८ सय बाघ रहेका छन् । यहाँ क्षमताभन्दा दोब्बर बढी बाघ पालिएको छ ।

अनुसन्धानमा पत्ता लागे अनुसार बाघको हड्डीलाई आठ वर्षसम्म भातबाट बनेको वाइनमा डुबाएर राखिन्छ । त्यसपछि चिनियाँ जडिबुटी र सर्पको रस मिलाएर बोत्तलमा बन्द गरिन्छ ।

यसो गरिएपछि पहेँलो रंगको रक्सी तयार हुन्छ । जसको स्वाद कुनै खोकीको झोल औषधि या सस्तो मूल्यो ब्रान्डीको जस्तै हुन्छ ।

,

news and entertainment