भगवानको नाम लिदै बलात्कार गर्छन्

काठमाण्डौ, २८ वैशाख । नाइजेरियाका आतंककारी बोको हरामले अपहरण गरेका २०० भन्दा बढी स्कुले छात्राहरले पाएको दर्दनाक व्यवहारबारे अमिना स्वाउरले जानकारी गराएकी छिन् । अमिना पनि अरु स्कुले छात्राहरुसँगै अपहरणमा परेकी थिइन् । उनी त्यो जंगोलबाट कसोकसो फुत्किन सफल भएपछि बोको हरामले गरेको क्रुरताको पर्दाफास गरेकी छिन् ।

बोको हरामका सैनिकहरुले बारम्बार पिट्ने र बलात्कार गर्ने गरेको अमिनाले बताएकी छिन् । अमिनका अनुसार बोको हरामका सैनिकहरुले शिक्षक तथा विद्यार्थीहरुलाई मार्ने धम्की दिने गरेको छन् ।

ऋमिनाले भनेकी छिन्,‘उनीहरुको सबै काम गराउछन् । हतियारधारी तथा बन्दुकधारीहरुले बलात्कार गर्छन् । नमाने यही मार्दिन्छु भन्छन् । भाग्न खोज्यो बाटो थाहा छैन ।

उनीहरु बोलिरहन्छन् ‘भगवान् महान् छन्’ । के भगवान्ले बलात्कार गर्ने आदेश दिन्छन् ?’

अमिना भागेर डामोआ पुगेकी थिइन् जुन स्थान राजधानी बोर्नो स्टेटबाट ५० माइल पर रहेको छ ।

,

news and entertainment