तार, प्लग र चार्जर बिना चार्ज गर्न सकिन्छ मोबाईल
बिना तार, प्लग र चार्जर मोबाईल चार्ज गर्न सकिन्छ भन्दा आश्चर्य लाग्नु स्वभाविक हो।
हो वायरलैन्स प्रविधि अब एक कदम अघि बढिसकेको छ। जसरी कुनै होटल वा रेष्टुरेन्टमा बसेर वाईफाई चलाउन सकिन्छ त्यसरी नै होटल वा रेष्टुरेन्टको कुनामा बसेर बिना चार्जर र पावर वायरलेस पावर ट्रान्सफर टेक्नोलोजी बाट आफ्नो स्मार्टफोन चार्ज गर्न सकिने भएको छ ।
वायरलेसले पावर ट्रान्सफर टेक्नोलोजी डाइपोल क्वाइलरेजोनेट सिस्टम (डिसिआरएस) बाट काम गर्ने गर्छ । जसबाट एकै समयना ४० स्मारट्फोन चार्ज गर्न सकिन्छ। यसको लागि फोनको चार्जरसँग कनेक्ट गर्ने आवश्यकता पनि परदैन। पावर भएको ५ मीटर टाढाबाट पनि यो प्रविधिबाट मोबाईल चार्ज गर्न सकिन्छ।
कोरिया एडभान्स इन्टिट्युट अफ साइन्स एन्ड टेक्नोलोजी का प्रोफेसर, चुंग टी रीम भन्छन, डिसिआरएस प्रविधिबाट एक ठूलो टेलिभिजन मार्फत तीन ४० वाटको पंखा को ५ मीटर परबाट पावर दिन सकिन्छ।
यसरी कुनै मेशिनमार्फत पावर ल्याउने काम यस अघि गरिएको छैन।
अब यसरी तार जोडेर मोबाईलमा चार्ज गर्ने झण्झटबाट मुक्ति पाइने भएको छ।
चुंग टी रिम भन्छन, हामी स्मार्टफोन सँगै लिएर घुम्न सक्छौं, यसलाई चलाउन सक्छौं, कुनै रेष्टुरेन्टमा बसेर वाईफाईबाट इन्टरनेट पनि चलाउन सक्छौ, यसरी नै स्मार्टफोन पनि प्योग गर्न सकिन्छ।
जसरी हरेक ठाउँमा इन्टरनेटलो लागि वाईफाई देखिन्छ त्यसरी नै वाई-पावर जोन पनि चलाउन सकिन्छ।
