बच्चालाई ज्वरो आउँदा के गर्ने, के नगर्ने ?
शिशुलाई ज्वरो आउँदा अभिभावक पनि शारीरिक र मानसिक रुपमा पीडित हुन्छन् । तर, ज्वरो संक्रमणविरुद्ध जुध्ने शरीरको आफ्नै तरिका हो । कतिपय अवस्थामा ज्वरो एक भाइरल संक्रमण हो, जुन बिस्तारै निको हुन्छ । यसको अर्थ यो होइन कि बच्चालाई उपचार र हेरचाहको आवश्यकतै छैन । शिशुलाई उच्च ज्वरो आउँदा निम्न विषयमा बिचार पु¥याउनुपर्छ :
हातको विशेष सरसफाइ गर्नेः संक्रमणलाई न्यून गर्र्न पनि बारम्बार बिरामीको हात मनतातो पानीले धोइदिनुपर्छ । खाना खानुअगाडि र पछि एन्टिसेप्टिक प्रयोग गर्नुपर्छ ।
सधैँ ताजा खानेकुरा खान दिने । फलफूल, घरमै बनाएको फलफूलको जुस, घरमै बनाएको अन्य खानेकुरा खुवाउँदा बच्चाको प्रतिरोधी क्षमता राम्रो हुन्छ ।
ज्वरोसँगै बच्चालाई वान्ता र पखाला लागेको छ भने उसलाई जबर्जस्ती नखुवाउने । बरु झोलिलो कुरा र पानी पिउन दिने । फलफूलको जुस र पानीले डिहाइड्रेसनबाट बचाउछ ।
बच्चाको खानेकुरामा प्रशस्त सागसब्जी (प्रोबायोटिक डाइट) समावेश गर्ने । यसले पाचन प्रक्रियामा सहयोग गर्नुका साथै प्रतिरोध क्षमतालाई सुधार्छ ।
शरीरको तापक्रम घटाउन मनतातो पानी वा चिसो पानीमा नरम लुगा भिजाएर टाउको र पाइतालामा राखिदिने । तापक्रम बढ्नेबित्तिकै यो प्रक्रियालाई दोहो¥याउन सकिन्छ ।
बच्चाले पिसाब गरेको छ, छैन भन्ने ख्याल गर्ने । ज्वरो आउँदा बच्चाले पाँच, ६ घन्टासम्म पनि पिसाब फेरेको छैन भने उसलाई डिहाइड्रेसन भएको हुन सक्छ । यस्तो अवस्थामा अस्पताल लैजानु पर्छ ।
वान्ता गरेपछि तरल वा अन्य कुनै खानेकुरा खान नदिनुहोस् । कुनै खानेकुरा वा जुस दिनुअगाडि वान्ता गरेपछि कम्तीमा ३० मिनेट पछि मात्र फेरी खुवाउने ।
बच्चाको ज्वरो तीन दिनसम्म पनि घटेन र दिनमा पाँचपटकसम्म वान्ता गरेमा तपाईंले बाल विशेषज्ञको सहयोग लिनुपर्छ । अभिभावकको शान्त स्वभावले पनि बच्चालाई छिटो निको हुन सजिलो बनाउँछ ।
swasthyakhaba
