नयाँ शक्तिको वेवसाइट ह्याक

काठमाडौं – आजदेखि शुरु गरिएको नयाँ शक्ति नेपालको वेबसाइट ह्याक भएको छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले आजदेखि वेवसाइट सञ्चालनमा ल्याएको थियो ।
आफूलाई फोर ब्रदर्स बताउने ह्याकरहरुले वेवसाइट ह्याक गरेका हुन् । ह्याक गरेपछि वेभसाइटमा सन्देश छाडिएको छ । ‘जताततै नयाँ शक्ति नयाँ शक्ति नयाँ शक्ति भन्दै दुई चार शब्दको भाषण दिँदैमा देश बन्दैन। साँच्चैको नयाँ शक्ति हो भने देशमा सुख शान्ति, समृद्धि ल्याउ र भ्रष्टाचार अन्त्य गर। नेपाली जनताले धेरै दुस्ख भोगिसके। अब जलेको घाउमा घिउ थप्ने काम नगर। ’
वेवसाइट अहिले अन्डर मेन्टेनेन्स रहेको छ ।
ratopati

,

news and entertainment