आखिर वेस्ट इन्डिज संग हार्यो भारत, क्वाँ क्वाँ गर्दै रोय खेलाडी
विश्वकप क्रिकेट अन्तर्गत भारत र वेस्टइण्डिजबीचको सेमिफाइनल खेलमा घरेलु मैदानमै भारतमाथि वेस्टइण्डिज हावि भएको छ। रोमाञ्चक बनेको सेमिफाइनल खेलमा भारतलाई वेस्टइण्डिजले ७ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको छ।
अब फाइनल खेल इंग्ल्याण्ड र वेस्टइण्डिजबीच हुनेछ।
होम ग्राउण्डमा उपाधिकालागि हुने फाइनल खेलमा घरेलु टिमको अनुपस्थितिले भारतीय दर्शक निरास हुनेछन्।
पहिले ब्याटिङ गरेको भारतले वेस्टइण्डिजलाई १९३ रनको लक्ष्य दिएको थियो। १९.४ अोभर खेल्दै ३ विकेट गुमाएर वेस्टइण्डिजले लक्ष्य भेट्टाएको हो। वेस्टइण्डिजकालागि सिमोन्सले ८३ रन, कार्लेसले ५२ रन, रसेलले ४३ र गेलले ५ रनको योगदान गरे।