नयादिल्ली– भ्रष्टाचारविरुद्ध लड्नका लागि हालै भारतमा एउटा प्रभावकारी जुक्ति निकालिएको छ। उक्त जुक्ति अनुसार भारतीय ५० रुपये जस्तै देखिने एउटा यस्तो कागजी नोट निकालिएको छ, जसको मूल्य शून्य रुपये छ।
उक्त नोमा ५० रुपये लेख्ने ठाउँमा शून्य लेखिएको छ। 'भारतीय रिजर्व बैंक' लेखिने ठाउँमा 'भ्रष्टाचार खतम करो' लेखिएको छ। अर्कोपट्टी यस्तो नोटको जुक्ति प्रचलनमा ल्याउने 'फिप्थ पिलर' लेखिएको छ।
कसैले घुस मागेको बेला उक्त शून्य मूल्यको नोट दिन सकिने र उसलाई तुरुन्त पक्रिने सकिने 'शून्य रुपये नोट'को विशेषता हो।
यस्तो तरिका सर्वप्रथम भारतको तलिमनाडुमा आजभन्दा ९ वर्षअघि प्रयोगमा ल्याइएको थियो । अहिले भने भारतभर यस्तो नोटको चर्चा चलिरहेको छ। हालसम्म यस्तो शून्य मूल्यको २५ लाख थान नोट वितरण गरिसकिएको छ। ताकी कसैले घुस मागे त्यस्तो नोट दिन सकियोस् र तुरुन्त प्रहरीले पक्राउ गर्न सकोस्।
यस्तो नोटको तागत यस्तो देखिएको छ कि घुस माग्नेहरु थरथरी काँप्न थालेका छन्। यस नोटलाई जोसुकैले पनि भ्रष्टाचार विरोधी संस्था 'फिप्थ पिलस'को वेवसाइटमा सजिलै डाउनलोड गरी प्रिन्ट गर्न सकिन्छ । यो नोट हिन्दी, तमिल, मलयालम, कन्नड र तेलगु गरी ५ भाषामा तयार गरिएको छ । हालसम्म यही नोटको सहयोगले भारतमा हजारौं भ्रष्टाचारीहरु पक्राउ परिसकेका छन् ।nagariknews
घुस माग्नेलार्इ 'शून्य रुपये'को नोट
news and entertainment
