भारतले हारे कपडा खोलेर नाच्ने घोषणा गरेकी पाकिस्तानी मोडलको भिडियो सन्देश

७ चैत, एजेन्सी ।

भारतमा जारी टी-२० विश्वकप क्रिकेट अन्तर्गत हिँजो भएको खेलमा पाकिस्तानले भारतलाई हराएमा कपडा खोलेर नाच्ने घोषणा गरेकी पाकिस्तानी मोडल कन्दिल बलोचले हारेपछि रोएको भिडियो सार्वजनिक गरेकी छिन् ।


आफ्नो भिडियो सन्देशमा कन्दिलले आफूले कपडा खोलेर गर्ने नृत्य समर्पण गर्ने भनिएका पाकिस्तानी कप्तान शाहिद अफ्रिदीलाई सन्यास लिन र पाकिस्तानी टिमका कोच बकर युनिसलाई आत्महत्या गर्न सल्लाह दिएकी छिन् ।


आफ्नो फेसबुकमा सार्वजनिक गरेको भिडियोमा कन्दिल रोइरहेको देखिन्छ । भिडियोमा उनले पाकिस्तानी टिमलाई भारतबाट पाकिस्तान नफर्किन भनेकी छिन् । पाकिस्तान फर्किएमा पाकिस्तानीहरुले नछोड्ने चेतावनी पनि अफ्रिदीलाई दिएकी छिन् ।


कन्दिल बलोचले भारत र पाकिस्तानबीच हुने प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएमा आफू कपडा खोलेर सबैको अगाडी नाच्न तयार रहेको घोषणा गरेकी थिइन् । उनले पाकिस्तानी कप्तान शाहिद अफ्रिदीलाई नग्न नृत्य समर्पित गर्न चाहेको बताएकी थिइन् ।

nepaliheadline

,

news and entertainment