कक्षा ८ को वार्षिक परीक्षा दिदैँ पूर्वसभासद शान्ता
चैत, काठमाडौं । लक्ष्मीपुर-४ सिथत एक घर । पलङमै पलेटी कसेर बसेकी छन् अधबैंसे महिला ।
घरी केही लेख्छिन् त घरी किताब हेरेर घोक्न थाल्छिन् । आजको नागरिक दैनिकमा समाचार छ । ‘बूढो दिमागले पढ्न नसक्ने रै छ’, खित्का छोडेर हाँस्दै उनले भनिन् ,’पढ्दै जान्छु, पहिले पढेका कुार ससबै विर्सिसकेको हुन्छु ।’ उनी हुन् पूर्वसभासद् शान्ता चौधरी ।
कक्षा ८ को वाषिर्क परीक्षा तयारी गरिरहेको शान्ता चौधरीमा अनपढ हुँदा पहिलो संविधानसभामा बेहोर्नुपरेको अवहेलना र समस्याले पढ्ने इख जागेको बताइन् । उनी एमालेबाट समानुपातिक कोटामा सभासद चुनिएकी थिइन् ।
चौधरी अहिले ३५ वर्षकी भइन् । ८ बर्षको उमेर देखि कम्लरी बसेकी उनलाई साहुले कहिल्यै पढाउनुपर्छ भन्ने सदासयता देखाएनन् ।
onlinekhabar
