तीर्थालू बोकेको बस दुर्घटनामा १४ जनाको मृत्यु , ३६ जना गम्भीर घाइते


अम्मान, प्यालेस्टाइनी तीर्थालू बोकेको एक बस जोर्डनमा दुर्घटना हुदा कम्तीमा पनि १४ जनाको ज्यान गएको समाचार छ ।




तीर्थयात्राका क्रममा त्यहाँ पुगेका उनीहरुको बस दुर्घटनामा परी ज्यान गएको हो । त्यसमा परी अरु ३६ जना नराम्ररी घाइते भएका प्राप्त समाचारमा जनाइएको छ ।
तीर्थ यात्राका क्रममा बुधबार सो बस जोर्डन र साउदी अरेबियाको सीमा क्षेत्रमा पुगेको थियो । जोर्डनको नागरिक रक्षा विभागले सो जानकारी दिएको छ ।
बसका चालकले नियन्त्रण गुमाउदा सो दुर्घटना भएको उक्त बिभागले जनाएको छ । सो विभागका अनुसार जोर्डनको राजधानी अम्मानबाट ३५० किलोमीटर दक्षिणमा सो दुर्घटना भएको हो ।
उम्राह तीर्थयात्राका क्रममा सो बस साउदी अरेबियातर्फ लागेको थियो । उक्त क्षेत्र हजका लागि निकै प्रख्यात रहेको छ ।
सोही तीर्थयात्राका लागि विश्वका कैयौं मुस्लिम नागरिक त्यहाँ पुग्ने गर्छन् । रासस÷एएफपी

news24nepal

,

news and entertainment