उत्तर कोरियामा फेरि कृत्रिम भूकम्प

उत्तर कोरियाले फेरि कृत्रिम भूकम्प गराएको दक्षिण कोरियाको दावी, राजधानीबाट ३४ किलोमिटरको दूरीमा गराइएको विस्फोटनका कारण धक्का महशुस

उत्तर कोरियाले फेरि कृत्रिम भूकम्प गराएको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाका अनुसार विस्फोटनका कारण कृत्रिम भूकम्पको महशुस भएको हो ।


नेपाली समय अनुसार बुधबार राति सवा ९ बजे २ दशमलव २ रेक्टरको भूकम्प मापन भएको र यसको केन्द्र विन्दु उत्तर कोरियाको राजधानीबाट झण्डै ३४ किलोमिटरको दूरीमा रहेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले यस अघि पनि शक्तिशाली कृत्रिम भूकम्प गराएको थियो ।

गएको जनवरीमा उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गर्दा ठूलो धक्का महशुस गरिएको थियो । उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको विश्वसनियतमा विशेषज्ञ भने विवादीत छन् । दक्षिण कोरियाले बुधबार रातिको धक्का कुनै परामाणु परीक्षण गर्दाको नभई विस्फोट कार्यका कारण भएको पनि जनाएको छ । भूकम्प जमिनको सतहभन्दा एक  किलोमिटर गहिराईमा मापन गरिएकाले यो विस्फोटक कार्यकै कारण भएको दक्षिण कोरियाको दाबी छ । उत्तर कोरियाले मंगलबार मात्रै लघु आणविक बम बिस्फोट गर्ने बताएको थियो । अन्तराष्ट्रिय कानुन विपरित परमाणु गतिविधि गरिरहेकाले उत्तरकोरियामाथि संयुक्त राष्ट्रसंघले २० वर्ष यताकै कडा प्रतिबन्ध लगाएको छ ।
 News24Nepal

,

news and entertainment