बम भएको भनिएको जहाजमा मधेसी मोर्चाका नेताहरू

बम भएको भनिएको जहाजमा मधेसी मोर्चाका नेताहरू
काठमाडाैं-नयाँ दिल्लीबाट काठमाडाैं उड्न तयार अवस्थाको नेपाल एयरलाइन्सको जहाजमा बम भएको हल्ला पछि जहाजबाट झारिएका यात्रुलाइ टाढै राखेर अनुसन्धान चलिरहेको छ। नेपाल एयरलाइन्सको फ्लाइट नम्बर २०६ को उक्त जहाजमा मधेसी मोर्चाका नेता उपेन्द्र यादव र महन्थ ठाकुरसहित अन्य नेताहरू रहेका छन्। जहाज भित्र खोज तलास जारी छ।


‘मोर्चा नेता उपेन्द्र यादवसहित अन्य नेताहरू यहाँ हुनुहुन्छ’, जहाजका एक यात्रुले भने ‘कसैले जहाजमा बम भएको सूचना दिएपछि उड्नै लागेको जहाज रोकिएको हामीले खबर पाएका छाैं।’

उपेन्द्र यादवका प्रेस सल्लाहकार महेश चाैरसियाले सोही जहाजमा यादव रहेको पुष्टी गरे। ‘मंगलबार फर्कने योजना थियो, कार्यक्रम लम्बिएपछि अाज अाउँदै हुनुहुन्थ्यो।’

उपेन्द्र यादव, हृदेश त्रिपाठी, महन्थ ठाकुर लगायतका मोर्चा नेताहरू आइतबार विहान दिल्ली गएका थिए। त्रिपाठी मंगलबार नै नेपाल फर्केका थिए। नेपाल-भारत महिला मैत्री समाजको नियमन्त्रणामा नेताहरु दिल्ली गएका हुन्।

सो जहाज नेपाली समय अनुसार १२ः४० मा त्रिभुवन विमानस्थल काठमाडाैं ल्याण्ड हुनुपर्ने थियो।

‘बम थ्रेट’ पछि जहाजका यात्रु झारेर खोजतलास चलिरहेको छ’, नेपाल एयरलाइन्सका एक अधिकारीले नागरिकन्जयुजसँग भने ‘चार बजेसम्मका लागि सो फ्लाइट डिलेमा राखिएको सूचना पाएका छाैं।’
nagariknews

,

news and entertainment