ह्यारीलाई मनपर्यो गोलभेंडाको पिरो अचार, जीर्ण घरमा बसेर लिए गुन्द्रुकको स्वाद

लमजुङ, ९ चैत-
हल्का दाह्री। साधारण कमिज, जिन्स पाइन्ट र सामान्य जुत्ता। बेलायती राजकुमार ह्यारी यही हुलियामा सोमबार लमजुङको गौंडा गाउँमा झुल्किए। दिउँसो पौने ३ बजे हेलिकप्टरबाट भीरकुनामा झरेका उनले सुरुमै गाउँलेको स्वागत ग्रहण  गरे। फूलमाला लिएर लाममा बसेका गाउँलेको हातबाट टीका, फूल र खादा ग्रहण गर्दा उनले मुस्कानसहित अभिवादन फर्काए।



आफूलाई फूलमाला दिन उभिएका साना नानीका सामु उनी टुक्रुक्क बसे र नानीहरु जत्तिकै बनिदिए। बृद्धबृद्धाका सामु भने उनी झुके। अत्यन्तै साधारण रुपमा प्रस्तुत भएका उनले बासका लागि रोजेको मंगली तामाङको घर भूकम्पले चर्किएको छ। त्यहाँ उनका लागि सोमबार दिउँसो साधारण खाटमा नयाँ विस्तारा लगाइएको थियो।

घर आँगन आमा समूहले आइतबारै सरफाई गरेको थियो। साँझ ७ बजेपछि उनले मंगलीको घरमा नेपाली खाना खाए। राजकुमारलाई नेपाली स्वाद चखाउने भनेर गुन्द्रुक र ढिँडो तयार पारिएको थियो। नागरिक दैनिकमा समाचार छ ।

,

news and entertainment