नेपाली झन्डासहितका जहाज चीनमा अलपत्र

नेपालले ल्याउन लागेका चारवटा जहाज ६ महिनाअघि नै तयार भएपनि चीनका दुई ठूला फ्याक्ट्रीका मैदानमै अलपत्र छन्।  एभिक एयरक्राफ्ट कम्पनी लिमिटेड, सियानस्थित मैदानमा एमए ६० जहाज र रुसको सीमानजिकको सहर हार्बिनको एभिक एयरक्राफ्ट इन्डस्ट्री ग्रुप कम्पनीको मैदानमा तीनवटा वाई १२ जहाज राखिएका छान्। चारवटै जहाजमा नेपाली झन्डा राखिएको छ।

चिनियाँ अधिकारीका अनुसार यी चार जहाजका लागि नेपालले ६० प्रतिशत रकम अर्थात २१.०६ मिलियन डलर तिरिसकेको छ। ‘सरकारका प्रतिनिधिसहितको पाइलट र प्राविधिक टोलीले गत डिसेम्बरमा नै चीनका दुवै सहरमा पुगेर परीक्षण उडान र प्राविधिक जाँच गरिसकेका छन्, कम्पनीका प्रमुख इन्जिनियर सोंग चाँगले भने,‘नेपालले जहाज लैजाने दिन पर्खिरहेका छौं।’



उत्पादक कम्पनीको मैदानमा राखिएका यी चारवटै जहाज नेपाल वायुसेवा निगमको रङसमेत लगाइर ठिक्क पारिएको छ।-अन्नपूर्ण पोस्ट

news and entertainment