परराष्ट्रमन्त्रीले बोलाएर लिए इयुका राजदूतहरुसँग स्पष्टीकरण
काठमाडौं, २३ चैत । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले युरोपियन युनियनका राजदूतहरुलाई बोलाएर सातो लिएका छन् । भारत र इयुको हालै भएको बैठकपछि उनीहरुले निकालेको विज्ञप्तिमा नेपालको
मन्त्री थापालाई भेट्ने युरोपियन युनियनका दूत रिन्छेटेरिन्कको नेतृत्वमा बेलायत, जर्मनी, फ्रान्सलगायतका युरोपेली देशका राजदूतहरु परराष्ट्र मन्त्रालयमा पुगेका थिए । उनीहरुलाई थापाले पहिले नै स्वागत गरिसकेको संविधानबारे फेरि यस्तो वक्तव्य कसरी आयो भने प्रश्न गरेका थिए । उनले आफूहरु आन्तरिक समस्या समाधान गर्न लागिरहेका बेला यस्तो विज्ञप्ति आउँदा ठोस लागेको बताएका थिए ।
जवाफमा इयुका दूतहरुले नेपाल र नेपालीको मन दुखाउने आफूहरुको मनसाय नभएको बताएका थिए । उनीहरुले वक्तव्यले आफूहरुलाई पनि चिन्तित बनाएको बताएका थिए ।
मन्त्री थापाले भारतीय राजदूतसँग भने यसबारे सोधपुछ गरेका छैनन् । तर इयुका राजदूतहरुसँगको छलफलपछि भारतीय दूतलाई पनि बोलाएर सोधपुछ गर्ने तयारी परराष्ट्र मन्त्रीले गरेको बताइएको छ ।
dainiknepal
