दिल्लीबाट आयो हिन्दू विरोधीलाई समाप्त पार्ने तीन बुँदे रोडम्याप, ठाकुर पटनामा

शिवसेनाका प्रतिनिधि र हिन्दू युवा संघका अध्यक्ष विकास ठाकुर
काठमाडौं, २३ चैत । नेपाललाई हिन्दू राष्ट्र बनाउन देशभित्रै चर्काे बहस भइरहेका बेला दिल्लीले पनि चाँसो व्यक्त गरेको छ ।

आइतबारदेखि भारत भ्रमणमा रहेका रहेका हिन्दू युवा जनशक्ति संघ नेपालका अध्यक्ष विकाश कुमार ठाकुरसमक्ष दिल्लीले आफ्नो तीन बुँदे रोडम्याप प्रस्तुत गर्दै हिन्दू राष्ट्रको एजेण्डामा चाँसो राखेको हो ।
सोमबार सतारुढ भारतीय जनता पार्टी महाराष्ट्रका शक्तिशाली एवम् हिन्दूवादी पार्टी आरएसएसका प्रतिनिधि र हिन्दू युवा जनशक्ति संघ नेपालका अध्यक्ष ठाकुर नेतृत्वको एक टोलीबीच भारतको पटनामा नेपाललाई हिन्दू राष्ट्र कसरी बनाउन सकिन्छ र त्यसको लागि आवश्यक रणनीतिबारे भएको गम्भीर छलफलमा भारतीय नेतृत्वले चाँसो राखेको हो । उक्त छलफलमा सहभागी आरएसएसका प्रतिनिधिको नाम खुलाइएको छैन् ।
छलफलमा क्रममा दिल्लीबाट पठाइएको एउटा महत्वपूर्ण रोडम्यापमा बहस भएको थियो । जसमा पहिलो चरणमा मधेशी जनतालाई हिन्दू राष्ट्रको पक्षमा ल्याउन काम गर्न आवश्यक प्रचार प्रसारका साथै विभिन्न किसिमका उपायहरु अपनाउने, दोस्रो हिन्दू विरोधी शक्तिलाई समाप्त पार्ने कामलाई निरन्तरता दिने र बैशाखदेखि चरणबद्ध रुपमा हिन्दू राष्ट्रको लागि आन्दोलन गर्ने रहेका छन् । यो रोडम्यापमा अन्य कुराहरु पनि रहेको छ ।
उक्त रोडम्यापमा संघका अध्यक्ष ठाकुरले सहमति जनाउँदै भारतबाट फर्किएर हिन्दू राष्ट्रको पक्षमा अभियान सुरु गर्ने बुझिएको छ । कमल थापा नेतृत्वको राप्रपा नेपाललाई अब कुनै हालतमा समर्थन नगर्ने संकेत पनि दिल्लीले दिएको छ ।
थापाको पछिल्लो राजनीतिक गतिविधिहरु हिन्दू विरोधी रहेकोले राप्रपा नेपालको स्थानमा नेपाली कांग्रेस भित्रका एक शक्तिलाई हिन्दूवादीको रुपमा आगाडी बढाईने वा नयाँ हिन्दूवादी शक्तिलाई समर्थन गरिने पनि बताईएको छ । प्राथमिकता नयाँ हिन्दूवादी शक्तिलाई नै दिइने रोडम्यापमा उल्लेख छ ।
स्रोतका अनुसार पटनाको बैठकपछि अध्यक्ष ठाकुर दिल्ली र मुम्बई भ्रमणमा जाँदैछन् । दिल्लीमा उनी भारत सरकारका केही मन्त्रीहरु र भाजपाका प्रभावशाली नेताहरुलाई भेटेर नेपालमा हिन्दू आन्दोलनको बारेमा चर्चा गर्ने तथा मन्त्रीसंग भेटी ‘बनारस हिन्दू विश्व बिद्यालय’को शाखा नेपालमा ‘नेपाल हिन्दू बिश्वविद्यालय’ को नामबाट खोल्न आग्रह गर्नेछन् ।
त्यस्तै मुम्बईमा मुख्यमन्त्री देबेन्द्र फडनबीस, मन्त्री पंकजा मुण्डे, शिवसेना प्रमुख उद्धव ठाकरे, युवा सेनाका प्रमुख आदित्य ठाकरेलाई भेट्नेछन् ।
dainiknepal

,

news and entertainment