चिकित्सा विज्ञानलाई चुनौती दिनकै लागि ९ दिन हावाबिनै समाधिमा बसे : सिद्धबाबा
बाबामोरङ– सिद्धबाबा कृष्णदासजी महाराजले हालैको आफ्नो नौ दिनको भू–समाधिले चिकित्सा विज्ञानलाई थप अनुसन्धान गर्ने बाटो देखाएको बताएका छन् ।
पोखरामा नौ दिनसम्मको लामो समाधि सकेर बुधबार विराटनगर आइपुगेका कृष्णदासजी महाराजले सञ्चारकर्मीसँग कुरा गर्दै भने, “मैले चिकित्सा विज्ञानलाई चुनौती दिएको हैन, थप अनुसन्धानको बाटो देखाइदिएको हुँ, कृष्णदास महाराज सुनसरीको बराहक्षेत्र धाम हिँडेका हुन् । उनी त्यहीँ बसोबास गर्दै आएका थिए ।”
उनले भौतिक शक्तिभन्दा अध्यात्मिक शक्ति ठूलो भएको बताउँदै आफूले साधनाको अभ्यास गरेको आध्यात्मिक शक्तिले नौ दिनसम्मको समाधि सफल भएको बताए । विराटनगर विमानस्थल आईपुगेका महाराजलाई स्वागत गर्न मोरङका वरिष्ठ उद्योगपति राजेन्द्र राउत, भीम घिमिरे, सांसद पवन शारदा, रमेश राठी, वरिष्ठ समाजसेवी श्याम पौडेललगायत थुप्रै सर्वसाधारणले महाराजको दर्शन गरेका थिएइ ।
इटहरीमा पनि भव्य स्वागत
यसैबीच, भर्खरै पर्यटकीय सहर पोखरामा नौदिनसम्म भू–समाधिको सफलतापछिको विशाल चर्चामा रहेका रामानन्दाचार्य सेवापीठ चतराका सिद्धबाबा डा कृष्णदासजी महाराजलाई बुधबार इटहरी आइपुगेका उनलाई भव्य स्वागत गरियो ।
उनले गरेको तपस्याप्रति नतमस्तक इटहरीवासीले योगाभ्यासबाट प्राप्त गरेको अनुभव तथा समाधिमा लीन भएर विज्ञानलाई समेत दिएको चुनौतीपछि अध्यात्म र विज्ञानबीचको यथार्थ सत्यका विषयमा सिद्धबाबा डा कृष्णदासजी महाराजले प्राप्त गरेको सफलताका विषयमा आशीर्वचन सुनाउन आग्रह गरेका थिए ।
सो अवसरमा सिद्धबाबा डा कृष्णदासजी महाराजले मेरो भू–समाधि कुनै जादु वा विज्ञानलाई चुनौती नभएर आफूले प्राप्त गरेको ज्ञानका कारणले सम्भव भएको हो भने । उनले यति छोटो समयको भू–समाधिको सफलता कुनै आश्चर्य नभएर सामान्य विषय भएको समेत उल्लेख गरे ।
उनले विश्वका वैज्ञानिक र चिकित्सकले चाहेको अवस्थामा लामो समयसम्म पनि आफू भू–समाधिमा बसेर जीवितै बाहिर आउन सक्ने अभ्यास समेतको अनुभव आफूलाई प्राप्त भइसकेको पनि उल्लेख गरे ।
नेपालमा धेरै वर्षअघि देखि नै ऋषिमुनिले तपस्या गरेर ठूलठूला चामत्कारिक कार्य गरिसकेको धार्मिक ग्रन्थमा उल्लेख भएको दृष्टान्त राख्दै रामानन्दाचार्य सेवापीठले अहिले पनि त्यसलाई सार्थकतामा रुपान्तरण गरिरहेको हो भने । पोखराको समाधिप्रति देशका धेरै विद्वान राजनेता, वैज्ञानिक, चिकित्सक र सञ्चारकर्मीले पनि बडो अभिरुचिका साथ लिएको पनि उनले स्मरण गरे ।
सो अवसरमा पोखरामा भएको भू–समाधिको तयारी र त्यसबाट प्राप्त सफलताका विषयमा गोविन्दबाबु तिवारीले सङ्क्षिप्त रुपमा जानकारी गराए । उनले त्यसको सम्पूर्ण सफलताका कथालाई वैशाख १० गते रामानन्दाचार्य सेवापीठ चतरामा सुनाइने र भू–समाधिको प्रसादसमेत वितरण गर्ने कार्यक्रम रहेको बताए ।
ratopati
