पत्रकार क्षेत्रीका छोराको शिक्षाका लागि प्रदीप पौडेलको एक लाख सहयोग
बैशाख १८, काठमाडौं ।
ब्रेन ट्युमरका कारण निधन भएका प्रेस युनियनका सचिव एवं लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षाका लागि कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
हालै वैवाहिक बन्धनमा बाँधिएका प्रदीप पौडेल एवं नेविसंघ केन्द्रीय सदस्य एन्जिला न्यौपानेले संयुक्त विज्ञप्ति जारी गर्दै विवाह खर्चबाट कटाएर क्षेत्रीका छोराको उपचारका लागि कोष निर्माणका लागि एक लाख रुपैयाँ उपलब्ध गराउने जनाएका हुन् ।
शनिबार विवाहको उपलक्ष्यमा जलपान समारोह आयोजना गरेका पौडेलले सोलगत्तै सहयोगको घोषणा गरेका हुन् ।
सामान्य चियापान मात्रै गरिएका कारण अमेरिकामा रहेका दाजुले दिएको विवाह खर्चमध्ये बचत भएको रकमबाट सहयोगको घोषणा गरेको बताए ।
क्षेत्रीको वैशाख १६ गते उपचारका क्रममा निधन भएको थियो ।
radiokantipurdiary
