‘धुर्मुस’ ‘सुन्तली’ले सिन्धुपाल्चाेकमा नमुना बस्ती बनाउने
काठमाण्डाै ८ बैशाख – काभ्रेमा भूकम्पपीडितका लागि नमूना बस्ती बनाएका कलाकार दम्पती सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अर्को महत्त्वाकांक्षी योजना अघि सारेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ८, गिदानचौरमा उनीहरुले ‘दोश्रो एकीकृत बस्ती’ बनाउने अभियानको घोषणा गरेका छन् । १ सय रोपनी ट्वाइलेट, बाथरुमसहित चार कोठे भूकम्प प्रतिरोधी भवन बनाउन प्रस्ताव गरेका छन् ।
रातो, सेतो र निलो (राष्ट्रिय रंग) रंगका ६५ घर बनाउने योजना अघि सारेको धुर्मुसले बताए । त्यहाँ ५ सय १५ पीडित छन् । एक घर, एक धारा, एक चर्पी, एक बगैंचा, बालमैत्री एवं सफा एकीकृत गाउँको साथमा एक सामुदायिक भवन बनाउने नीति बताएको धुर्मुसले बताए ।
कलाकार दम्पतीले काभ्रेको डाडाँगाउँस्थित पहरी बस्तीमा भूकम्प गएको तीन महिनामै निर्माण सम्पन्न गरेका थिए । उनको वस्तीमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, तत्कालिन मूख्यसचिव लीलामणि पौड्याललगायतले अवलोकन गर्दै प्रशंसा गरेका थिए ।
अभियान घोषणापछि कान्तिपुसित कुरा गर्दै धुर्मुसले आफूहरुसँग धनभन्दा पनि आँटले काम सुरु गर्ने तयारी गरेको बताए । ‘खातामा १ लाख ७४ हजार छ,’ उनले भने, ‘तर बनाउने आँट छ ।’
कािन्तिपुर दैनिकबाट
