बाँदर धपाउनेको तलब महिनाको २५ हजार, जागिरमा जाने कि ?

गोरखा, १९ वैशाख– बाँदरले दुःख दिन थालेपछि केरौँजाका किसानले मकै नभित्र्याउने बेलासम्मका लागि तलब दिएर बाँदर धपाउन मान्छे राखेका छन् । केरौँजा–५ र ६ का किसालने मासिक २५ हजारका दरले तलब दिने गरी चार जना हेरालो राखेका हुन् ।

मकै जोगाउन मान्छे राखिएको केरौँजा –६ रुन्चेतका गोपाल घलले बताए । भूकम्प गएकोले पोहोर खेती लगाएनौँ । राहतका भरमा एक वर्ष कट्यो । सधै त राहत पाइँदैन होला । यसपपटक पनि मकै लगाइएन भने के खाने ? घलले भने ‘यसपाली बारीमा मकै लगाएका छौँ । बादले सखाप बनाउन भएकोले बाली जोगाउन हेरालो राखेका हौं ।’ नयाँ पत्रिकाबाट

news and entertainment